Logo

मनोरञ्जन

जीबबको नयाँ र्याप बजारमा (भिडियोसहित)



‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्‍याप गाएर चर्चामा आएका जी-बब नामले परिचित सुदीप भण्डारीको स्वरमा ‘फाइनल्ली भेटियो’ बोलको गीत सार्वजनिक भएको छ।

बुधबार बेलुकी ठमेलस्थित टेन एक्स क्लबमा उनको पहिलो अफिसियल गीतको भिडिओ सार्वजनिक गरिएको हो। जी-बबकै शब्द रहेको गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन्।

ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको भिडिओमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी छ।

नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १२:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।