Logo

समाचार

जिल्ला अस्पताल लमजुङमा झाडापखालाका विरामी बढे



लमजुङ । गर्मी बढेसँगै लमजुङ जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । अस्पतालका प्रसाशन प्रमुख हेमन्त श्रेष्ठका अनुसार हाल दैनिक तीन सय ५० देखि तीन सय ८० जना विरामी अस्पतालमा आउने गरेका छन् । 

गर्मी बढेसँगै अस्पतालमा झाडापखालाका विरामीको चाप बढेको छ । दैनिक रूपमा ५० भन्दा बढी झाडापखालाका विरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको अस्पतालले जनाएको छ । 

गर्मीका कारण खानपान तथा पिउने पानीमा विशेष ध्यान नदिँदा झाडापखालाका विरामीको चाप बढेको अस्पतालका डा. विष्णु अर्यालको भनाइ छ ।

यस्तै, अस्पतालमा हाडजोर्नी, आँखा, दाँत, पेटसम्बन्धी समस्या, महिला रोगसम्बन्धी समस्या भएकालगायतका विरामी आउने गरेका छन् । अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।
 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १५:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।