Logo

प्रमुख समाचार

आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज



काठमाडौं । सरकारले आज (शुक्रबार) बाट बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो ।

पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ । यसअघि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो ।

मन्त्रालयका अनुसार पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन सकिने छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार ११:१९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।