काठमाडौं । सरकारले मेलम्चीको विकल्पमा अरु तीन खोलाको पानी ल्याउने तयारी गरेको छ । मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु भएको खाने पानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले बताए ।
प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री चौधरीले मेलम्ची आयोजनाको विकल्प र पूरक योजनाको रुपमा तीन खोलाको अध्ययन भइरहेको बताएका हुन् ।
वर्षायाम सुरु भएको कारण हाल सरकारले काठमाडौंमा मेलम्चीको पानी ल्याएको छैन । मन्त्री चौधरीका अनुसार वर्षायाममा मेलम्ची खोलामा आउन सक्ने बाढीले सुरुङमा क्षति पुर्याउन सक्ने हुनाले पानी ल्याउन बन्द गरिएको हो ।
यसअघि २०७८ असार १ गते आएको बाढीले मेलम्चीको हेडवर्क्स ९मुहान० र अन्य संरचना ध्वस्त पारेको थियो । हेडवर्क्ससम पुग्ने सडक पनि बाढीले बगाएको थियो । सरकारले चैत मशान्तदेखि मेलम्चीको पानी अस्थायी रुपमा वितरण गरे पनि हाल बन्द गरिएको छ ।




















प्रतिक्रिया