Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–१९)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आज हामीले लोकसेवा प्रश्नोत्तरमा लोकसेवाका टिप्स प्रस्तुत गरेका छौँ ।

शाखा अधिकृत तृतीय पत्र २०७१ सालकाे प्रश्नपत्र

१.द्धन्द्धको परिभाष गर्दै नेपालको समामाजिक र सांस्कृतिक रुपान्तरण गर्न के कस्तो व्यवस्थाको आवश्यकता रहेको छ । आफ्नो धारण प्रस्तुत गर्नुहोस् ।

२.नेपालमा सामाजिक न्याय र समानताको लागि राज्यबाट अवलम्बन गरिएका नीती र कार्यक्रमहरुको विवेचना गर्नूहोस् ।

३.विगत जनगणनाको तुलनामा २०६८ को जनगणनामा जनसंख्या बृद्धिदर कम हुनका कारणहरु उल्लेख गर्नुहोस र जनसंख्या बृद्धिबाट अर्थतन्त्रमा पर्ने प्रभावबारे विवेचना गर्नुहोस् ।

४.मुलुकको समग्र आर्थिक विकासको लागि तीन खम्बे आर्थिक नीति (सरकारी, निजी र सहकारी) कत्तिको प्रभावकारी हुने ठान्नुहुन्छ ? विवेचना गर्नुहोस् ।

्र५.नेपालमा वैदेशिक सहायताको महत्वबारे प्रकाश पार्दै वैदेशिक सहायतालाई प्रभावकारी रुपमा परिचलन गर्न के कस्ता उपायहरु अवल्म्बन गर्नुपर्ला ? उल्लेख गर्नुहोस् ।

६.दिगो विकासको अवधारणा उल्लेख गर्दै नेपालको दिगो विकासका प्रमुख व्यवधानहरु उल्लेख गर्नुहोस् ।

७.आजको विश्वमा विकासका सर्वसम्बन्धित तथा समसामयिक विषय के –के हुन् ? तपाईको विश्लेषणमा यी
विषयहरुको प्रभावकारी संयोजन गर्नका लागि नेपालको वर्तमान आवधिक योजनाको दस्तावेजमा कसरी आत्मसाथ तथा मुलप्रवाहीकरण गरिएको पाउनुभएको छ ?

७.नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक सांस्कृतिक परम्परा, समाजिक मुल्य र मान्याताले पुर्याएको नकरात्मक र सकारात्मक भुमिकाको चर्चा गर्नहोस् ।

८.नेपालमा वन विनाश हुनाका कारणहरु उल्लेख गर्दै त्यसबाट परेका असरहरुको विवेचना गर्नुहोस् ।

९.जलस्रोत धनि देश भएर पनि नेपालमा उर्जा सङ्कटहुनका कारणहरु के –के हुन ? साथै सो सङ्टबाट मुक्ति पाउन के गर्नुपर्दछ उल्लेख गर्नुहोस् ।

प्रकाशित मिति : असार १, २०७९ बुधबार  ५ : ३० बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।