Logo

खेलकुद

आईसीसीले हटायो क्यानमाथिको आर्थिक नियन्त्रण



काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)माथिको आर्थिक नियन्त्रण हटाएको छ । यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई आर्थिय नियन्त्रणमा राखेको थियो । तर अहिले त्यो नियन्त्रण पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो ।

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ । कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले स्पष्ट पारेको छ ।

विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १८:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।