वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।
१.भक्ति थापालाई कहिले रास्ट्रिय विभुती घोषणा गरियो ?
– २०७८÷०४÷१४
२.वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?
– ब्राहमण–क्षेत्री दुबै
३. विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९९१
४. समाज सुधारक, किराँत धर्म प्रणेता एवं दर्शनदाता फाल्गुणानन्दको जन्म कहिले र कहाँ भएको थियो ?
– वि.सं १९४२ कार्तिक २५, इलाम
५.नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन को द्वारा गरिएको हो?
– अम्बर गुरुङ
६. सर्वप्रथम मदन पुरस्कार पाउने कृति कुन हो ?
– मन
७.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
– वि.सं.२००८ माघ २१ गते
८. लिम्बू भाषामा प्रयोग गरिने लिपि कुन हो ?
– सिरीजङ्घा
९. नेपालको पोखरा पछि धेरै पानी पर्ने ठाउँ कुन हो ?
– सङ्खुवासभा
१०. दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को लागि प्रसिद्ध छ ?
– तेल
११. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
– दोलखा
१२. ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?
– ० डिग्री
१३. ‘चिना हराएको मान्छे’ पुस्तकको लेखकको हुन ?
– हरिवंश आचार्य
१४. गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?
– सिन्धुपाल्चोक
१५. लिच्छविकालको राजकीय भाषा कुन थियो ?
– संस्कृत
१६. पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के भनिन्छ ?
– चौथो विश्व
१७. ‘गर्जनेवाला चालिसा ‘ दक्षिणी गोलार्धको कति डिग्री बीचमा रहेको छ ?
– ४०.–६० डिग्री




















प्रतिक्रिया