योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको लगायतका बिषयमा असहमती जनाउदै सिद्धार्थ बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
सामाजिक सुरक्षा कोष विवादित नै रहेको छ । देशमा बाहुल्यता रहेको बैंक तथा वित्तिय संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुन मानेका छैनन् ।
सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकहरुको छाता संस्था बैंकर्स संघलाई पटक पटक दवाव दिँदै आएको छ । कोषका विभिन्न बुँदाहरु संशोधन गरेरै कोषले संघलाई दवाव दिइरहेको छ । संघलाई कोषले दिएको पछिल्लो दवावपछि वित्तीय क्षेत्रमा आबद्ध संघसंस्थाको छाता संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बताएको थियो ।
यसैलाई आधार मानेर बैंकका कर्मचारीहरु धमाधम आन्दोलनमा उत्रिन थालेका छन् । सामाजिक सुरक्षा कोषमा बैंकका कर्मचारीलाई आबद्ध गराउने भए सरकारी कर्मचारी सरह सेवा सुविधा पनि दिनुपर्ने उनीहरुको माग रहेको छ ।






















प्रतिक्रिया