Logo

बैंकिंग

बचत खाता खोलेका शर्माका परिवारलाई एनआइसीले दियो १० लाख बिमा भूक्तानी रकम



एन आई सी एशिया बैंकले नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको परिवारलाई दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत रहेर दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । शर्माले बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका थिए ।

उनको दुर्घटना पश्चात् मृत्युभएपछि उनकी श्रीमती सुनिता देवि शर्मालाई उक्त रकम भुक्तानी गरिएको हो । निजलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो ।

हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ । अतुलनीय फाइदाले भरिपूर्ण यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू।१ लाख ९अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजारसँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहक महानुभावहरूले पाउन सकिने छ र सो सुविधाबाट ग्राहक महानुभावहरूलाई साच्चिकै फाइदा पुग्ने गरेको छ । यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहकहरू समक्ष निकै नै लोकप्रिय बनेको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बचत खातामा नै बीमा सुविधा ग्राहक महानुभावहरूमाझ ल्याउदै आएको छ । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका २४६ जना भन्दा बढी ग्राहकहरूलाई बीमा वापतको १ करोड ९४ लाख भन्दा बढी रकम दिएको बैंकको दाबी छ ।

साथै न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइनमार्फत खोल्न सक्ने समेत बैंकले व्यवस्था गरेको छ । यसअन्तर्गत निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्क मोबाइल÷इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत सेवाको लिन सकिने छ ।

हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : २९ बजे