प्रायजसो व्यक्तिले तामाको भाँडामा राखेको पानी पिउँदा राम्रो हुन्छ भन्ने गर्छन् । तर, तामाको भाँडोमा राखेको पानी पिउँदाका फाइदाबारे थोरै व्यक्ति मात्र जानकार हुन्छन् ।
हिन्दु परम्पराअनुसार तामालाई पवित्र धातु मानिन्छ । त्यसैले परम्परादेखि पूजापाठ तथा धार्मिक काममा तामाका भाँडा प्रयोग गरिँदै आएको हो ।
धार्मिक हिसाबले मात्र नभएर वैज्ञानिक अध्ययनले पनि तामाको भाँडोमा राखेको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने देखाएको छ । वैज्ञानिक अध्ययनअनुसार तामामा क्यान्सरविरुद्ध लड्ने तत्वहरु रहेको हुन्छ । यसको नियमित सेवनबाट क्यान्सर हुने संभावना न्यून हुन्छ ।
त्यस्तै आयुर्वेदकका अनुसार पनि तामाको भाँडोमा राखेको पानी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । रातभर तामाको भाँडोमा राखेको पानी बिहानपख खालि पेटमा पिउँदा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ ।
– पाचन क्रिया बलियो बनाउँछ
– मुटुलाई स्वस्थ राख्छ
– ब्लड प्रेसर नियन्त्रित गर्छ
– हृदयाघात हुने संभावना कम हुन्छ
– छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ
– मोटोपन घट्दै जान्छ
– एनिमियाको समस्याबाट बच्न सकिन्छ
– क्यान्सर लाग्नबाट बचाउँछ
– शरीर दुख्ने वा जोर्नी दुखाइबाट बच्न सक्छ




















प्रतिक्रिया