Logo

खेलकुद

एसिया कपमा छनोट हुन नेपाललाई ८२ रन आवश्यक



काठमाडौं । एसीसी महिला टी(ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् । यस्तै खुसी शर्मा १२ रनमा आउट भईन् ।

नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् । आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी(ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १०:३९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।