Logo

सुरक्षा/अपराध

२ थान पाटेबाघको छाला सहित २ जना पक्राउ



बाँके : बैजनाथ गाउँपालिका-४ तिलकपुरस्थित सडकबाट २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा अछाम मेललेख गाउँपालिका-३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामरोसन गाउँपालिका-५ बस्ने ३५ वर्षीय नन्दु बुढा रहेका छन् । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

प्रकाशित मिति : असार १७, २०७८ बिहीबार  ५ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।