Logo

प्रमुख समाचार

दिनको २० खिल्ली चुरोट खाने व्यक्तिले एउटा मात्रै खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ ?



चुरोटको मात्रा घटाएर धुमपानका कारण स्वास्थ्यमा पर्ने हानि कम गर्न नसकिने भएकोले पूर्ण रुपमा चुरोट सेवन रोक्न जरूरी रहेको ब्रिटेनका वैज्ञानिकहरूले बताएका छन् ।

दिनको २० खिल्ली चुरोट सेवन गर्ने मानिसले एक खिल्ली मात्र चुरोट पिउँदासमेत स्वास्थ्यमा उल्लेखनीय जोखिम रहने उनीहरुको भनाइ छ ।

अनुसन्धानकर्ताका अनुसार अनुसार चुरोट सेवन पूर्ण रुपमा नगर्दा पुरूषको हकमा मुटुको रोग वा मस्तिष्कघातको जोखिम आधा हुन्छ भने महिलाको हकमा दुई तिहाइले कम हन्छ ।

चुरोट सेवन रोक्दा फोक्सोको क्यान्सरको जोखिम पनि नाटकीय रूपमा कम हुने वैज्ञानिकको भनाइ छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित लेखका अनुसार एकदमै न्यून मात्रामा भए पनि सुर्तीको धुँवाले मुटु, फोक्सो र रक्तनलिका कामहरूलाई असर गर्नसक्छ ।

दिनको एक खिल्लीमात्र चुरोट पिउने मानिसहरूमा कहिल्यै चुरोट सेवन नगर्ने मानिसभन्दा मुटु रोग लाग्ने सम्भावना ५० प्रतिशत बढी हुने र ३० प्रतिशत बढी पक्षघातको सम्भावना हुने अनुसन्धानकर्ताहरू बताउँछन् ।

चुरोट सेवनको मात्रा घटाउँदै जाने मानिसहरूले पूर्ण रुपमा धुमपान त्याग्न सक्ने पनि लेखमा जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार २०:३७   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।