Logo

बैंकिङ

एन आई सी एशियाका कर्मचारी पनि उत्रिए सामाजिक सुरक्षा कोषकोविरुद्धमा  (फाेटाे फिचर)



योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको लगायतका विषयमा असहमति जनाउँदै एन आई सी एशिय बैंकका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् ।

सामाजिक सुरक्षा कोष विवादित नै रहेको छ । देशमा बाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुन मानेका छैनन् । यस अघि सिद्धार्थ बैंक, निबिल बैंक लगायता विभिन्न बैकंका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका थिए ।

सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकहरुको छाता संस्था बैंकर्स संघलाई पटक पटक दबाब दिँदै आएको छ । कोषका विभिन्न बुँदाहरू संशोधन गरेरै कोषले संघलाई दबाब दिइरहेको छ । संघलाई कोषले दिएको पछिल्लो दबाबपछि वित्तीय क्षेत्रमा आबद्ध संघसंस्थाको छाता संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बताएको थियो ।

यसैलाई आधार मानेर बैंकका कर्मचारीहरू धमाधम आन्दोलनमा उत्रिन थालेका छन् । सामाजिक सुरक्षा कोषमा बैंकका कर्मचारीलाई आबद्ध गराउने भए सरकारी कर्मचारी सरह सेवा सुविधा पनि दिनुपर्ने उनीहरूको माग रहेको छ ।  

Nic Asia 5.jpg

Nic Asia 6.jpg

Nic Asia 8.jpg

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १३:२७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।