Logo

अचम्म

यस्तो अनौठो मन्दिर, जहाँ प्रसादका रुपमा भक्तजनलाई सुनचाँदी  बाँडिन्छ !



विश्वमा धेरै अनौठो घटनाहरू घटिरहेको हुन्छ , जुन हामीलाई पत्याउन पनि मुस्किल पर्छ । हामी मन्दिरमा पूजा गर्न गएकै छाैँ  । मन्दिरमा पूजा हुँदा पुजारीले हामीलाई प्रसादको रूपमा फूलपाती, अक्षता र फलफूल दिने गर्छन् । तर तपाईँलाई पत्यार नलाग्ला , यस्तो मन्दिर पनि छ जहाँ प्रसादको रूपमा फलफूल होइन सुन चाँदी दिने गरिन्छ ।

सुन चाँदीका गहना वितरण गरिने त्यो अनौठो मन्दिर भारतमा रहेको छ । यो अनौठो मन्दिर भारतको मध्यप्रदेशस्थित रतलाममा रहेको छ । यहाँको उक्त मन्दिरलाई महालक्ष्मीको मन्दिर भन्ने गरिन्छ । यस मन्दिरमा वर्षको केही दिन कुबेरको दरबार लाग्ने गर्छ ।

उक्त समय त्यहाँका भक्तजनलाई सुनचाँदी र नगद दिने चलन रहेको छ । बर्षभरी आउने भक्तजनले मन्दिरमा सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । त्यस्तै विभिन्न पर्वमा पनि उक्त मन्दिरमा गरगहना चढाउने गर्छन् । यसरी चढाएका गरगहना कुबेर दरबारको पर्व लागेको बेला बाँड्ने गरिन्छ । एजेन्सी 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।