Logo

प्रवास

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन



भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । ७४ वर्षीय मन्त्री पासवानको बिहिबार साँझ निधन भएको हो । सांसद चिराग पासवानले सामाजिक सञ्जालमार्फत मन्त्री रामविलासको निधन भएको पुष्टि गरेका छन् । चिराग रामविलासका छोरा हुन् । रामविलास नरेन्द्र मोदी नेतृत्वको सरकारमा उपभोक्ता मन्त्री थिए ।

लामो समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा दिल्लीस्थित अस्पतालमा निधन भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुःख व्यक्त गर्र्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । भारतका अन्य थुप्रै मन्त्री, नेता, कार्यकर्ता र सर्वसाधारणले दिवंगत रामविलासप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०१:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।