Logo

बैंकिङ

महालक्ष्मी विकास बैंकमा स्वतन्त्र सञ्चालकको नियुक्ति



महालक्ष्मी विकास बैंक लि. कोे २०७८ आषाढ १८ गते शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको छ ।

बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको अम्बिका श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुल्लेकि छिन् ।

व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययनपूरा गरेकि श्रेष्ठ Nepal Finance Institution Association/ Development Banker’s Association मा लामो समयसम्म आवद्घ रहेकी थिइन् ।

त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेकी थिइन् ।  

 

प्रकाशित मिति : असार २०, २०७८ आईतबार  ६ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।