अनसनरत डाक्टर गोबिन्द केसीको जीवन रक्षा र उनको मागप्रति समर्थन जनाउँदै सामाजिक संजाल फेसबुकको मेन्स रुम रिलोडेड (एमआरआर) ले दिप प्रज्वलन गरेको छ ।
सो समुहले डाक्टर केसी अनसनरत शिक्षण अस्पतालको गेटमा दिप प्रज्वलन गरेका हुन् । सो कार्यक्रम सहभागीहरुले डाक्टर केसीको मागहरु नेपाल र नेपालीको हितमा भएकाले यसलाई नेपाल सरकारले तुरुन्त पुरा गर्नुपर्ने दवाव दिएका छन् ।
एउटा सामान्य गरिब नेपालीले पनि सस्तो र शुलभ स्वास्थ्य उपचार पाउनुपर्ने उद्धेश्यका साथमा १९ औँ पटक अनसन बसेका डाक्टर केसीका मागहरु जायज भएकाले नेपाल सरकारले यसलाई पुरा गर्न रतिभर ढिला गर्न नहुने कार्यक्रममा सहभागी निशान खतिवडा बताउँछन् ।
करिब १ लाख सदस्यहरु आवद्ध एमआरआर ग्रुप सदैव डाक्टर केसीको पक्षमा रहेको र उनको समर्थनको लागि निरन्तर दवावमूलक कार्यक्रमहरु गर्दै जाने उनको भनाइ छ । सन् २०११ मा स्थापित एमआरआर ग्रुपले अन्य विभिन्न सामाजिक कार्यहरुमा पनि आफ्नो सक्रिय सहभागिता जनाउँदै आएको छ ।
प्रतिक्रिया