काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानडामा रहेको नेपालले आज ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।
यस पछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।




















प्रतिक्रिया