Logo

प्रमुख समाचार

उपत्यकामा बढ्दै हैजाका बिरामी, हालसम्म १७ जनामा पुष्टि



काठमाडौं । पछिल्लो दुई सातायता काठमाडौं उपत्यकामा देखिएको हैजाका बिरामी दैनिक थपिँदै गएका छन् । हालसम्म उपत्यकाका १७ जनामा हैजा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा गरेर १७ जना हैजाका बिरामी भेटिएका छन् ।

मन्त्रालयले धेरै ठाउँमा हैजाका बिरामी देखिन थालेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हैजाका बिरामी बढ्दै जान थालेकाले उमालेर मात्रै पानी पिउन मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १२:४५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।