Logo

खेलकुद

कसैको समर्थन नपाएको सन्दीपको गुनासो



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कसैको समर्थन नपाएको गुनासो गरेका छन् । आईसीसी विश्व लिग–२ को तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति ओन्टारियोसँगको अभ्यास खेल खेलेको थियो । लगत्तै सन्दीपले शनिबार बिहान ट्वीट गर्दै आफूलाई शून्य समर्थन भएको बताएका छन् ।

त्यसैले आफू लडाइँ एक्लै लड्ने बताएका छन् । ‘शून्य समर्थन, चिन्ता छैन, तिमीले यो लडाइँ एक्लै लड्नु पर्छ,’ सन्दीपको ट्वीटमा लेखिएको छ ।

अन्य समयमा व्यक्तिगत कारण भए पनि सिरिजको समयमा कप्तानको यस्तो ट्विट आउनुले टोलीभित्र सन्दीपलाई सहयोग नभएको बुझ्न सकिन्छ।

नेपालले क्यानडासँग दुई ओडीआई खेल खेल्दैछ । त्यसपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्ने छ । स्कटल्यान र नामिवियासँग नेपालले त्रिकोणात्मक ओडीआई सिरिज खेल्नेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १२:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।