Logo

शृंगार

यी हुन् पेटमा जमेको बोसो घटाउने सजिलो १० उपाय



मोटोपनाबाट त्रसित भएका मानिस आजकल तौल घटाउने प्रयासमा छन् । तर धेरै प्रयास गर्दा पनि फिट हुन सकेका छैनन् । कोभिडका कारण भएको लकडाउनले अधिकांश मानिस मोटो भएका छन् । अहिले हामीले अपनाएको जीवनशैलीले तौल बढ्नु सामान्य हो ।

तपाईलाई थाहा छ, निष्क्रियता, रक्सी र फास्ट फुड मोटोपनाको प्रमुख कारण हु्। मोटोपना कम गर्न स्थिरता चाहिन्छ । तर यो काम कतिपयले सोचे जस्तो गाह्रो पनि छैन । यस लेखमा, हामी तपाईलाई केहि टिप्स बताइरहेका छौं जसलाई पालना गरेर तपाई आफैंलाई मोटोपनबाट बचाउन सक्नुहुन्छ ।

पेट भरिने ब्रेकफास्ट

यो कार्य भन्न सजिलो मात्र होइन, गर्न पनि सजिलो छ । हरेक बिहानलामो समयसम्म पेट भरिरहने खाजा खानुहोस् । यो बानीले तपाईलाई बीचमा केही अस्वास्थ्यकर खानबाट जोगाउँछ र चाँडै भोक पनि लाग्दैन । तर तपाईंको बिहानको खाजा भुटेको र प्रशोधित खाना नभइ स्वस्थ हुनुपर्छ ।

दैनिक वजन मापन

यदि तपाइँ तौल घटाउने यात्रामा हुनुहुन्छ भने कति घटाउने भनेर पहिला नै लक्ष्य तोक्नुपर्छ । त्यसको लागि दैनिक तौल नापेर लक्ष्यको कति नजिक छ हेर्नुपर्छ । यो बानीले तपाईंलाई आफ्नो आहार घटाउन र व्यायाम बढाउन मद्दत गर्नेछ ।

क्यालोरी गणना

तपाईंको खानामा रहेको क्यालोरी गणना गर्नुहोस् । किनभने क्यालोरी गणना वजन घटाउनेसँग सम्बन्धित छ । क्यालोरी गणनाबाट तपाइँको आहार र कसरतमा गर्नुपर्ने थपघटको मात्रा स्पष्ट हुन्छ ।

अधिक फाइबरयुक्त खाना

आलु, उच्च फाइबरयुक्त खानेकुरा, ड्राइ फ्रुट र अण्डा जस्ता खानेकुराले पेट छिटो भर्छ । यसको सेवनले तपाईको बारम्बार भोक लाग्दैन । साथै, आहारमा राम्रो बोसो युक्त खाना जस्तै ड्राइ फ्रुट आदि समावेश गर्नुहोस् । तपाईंको आहारबाट प्रशोधित खाना हटाउनुहोस् ।

व्यायाम

व्यायामले शरीरमा भएको क्यालोरी धेरै खपत गर्न मद्दत गर्दछ । तौल घटाउने योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष व्याम हो । यदि तपाईले धेरै क्यालोरी खर्च गर्नुभयो भने, तपाईको तौल छिटै नियन्त्रणमा आउन सक्छ । तर तपाईले यसलाई कुशलतापूर्वक जलाउनु पर्छ । निष्क्रिय जीवनशैली मोटोपनाको प्रमुख कारणमध्ये एक हो । शारीरिक गतिविधि जस्तै नृत्य, दौड, योग, तौल प्रशिक्षण र हिँडाइ पनि प्रभावकारी हुन्छ ।

तनाव कम गर्ने

तनावले कोर्टिसोल हर्मन निकाल्छ । कोर्टिसोलले भोक बढाउँछ, जसले तपाईंलाई धेरै खान मन लाग्छ । त्यसैले तनाव कम गर्नुहोस् । पर्याप्त आराम आराम गर्नुहोस्, रमाईलो गतिविधिहरूमा संलग्न हुनुहोस्, गहिरो सास फेर्न अभ्यास गर्नुहोस् वा योग ध्यान गर्नुहोस् ।

पर्याप्त निद्रा

रातको राम्रो निद्राले एक प्रकारको हर्मोन निस्कन्छ जसले तपाईको भोक नियन्त्रणमा राख्छ। अर्कोतर्फ, निद्राको कमीले शरीरले थकान महसुर गर्छ । यसको पूर्ति खानाको माध्यमबाट ऊर्जा निकालेर गर्छ ।

चिनी कम खाने

चिनी जताततै छ, हामी यसलाई हाम्रो पेय पदार्थ, डेसर्टमा थप्छौं र यो धेरै प्याकेज गरिएका खानाहरूमा पनि पाइन्छ । चिनीले कुनै पौष्टिक लाभ प्रदान गर्दैन र यसले चिनीको स्तर बढाउँछ, जसले वजन बढाउँछ । तसर्थ, चिनीको खपत सीमित गर्नुहोस् र यसलाई स्वस्थ विकल्पहरूसँग बदल्नुहोस् ।

प्रशोधित खाना नखाने

अन्न, रोटी र प्याकेज गरिएको खाजा जस्ता प्रशोधित खाद्य वस्तुहरू हाम्रो दैनिक आहारको हिस्सा बनिसकेको छ । चटपटा स्वाद र त्यसको सहज उपलब्धताले प्रशोधित खान अत्याधिक खाइन्छ । तर यी खानेकुराहरू परिष्कृत हुन्छन् । हानिकारक तत्वहरू हुन्छन् र आवश्यक मात्रामा पोषक तत्वहरूको अभाव हुन्छ । तीमध्ये धेरै उपभोग गर्दा क्यालोरी बढ्छ, जुन तौल बढाउने कारक हो ।

डाइट प्लान बनाउनुहोस्

डाइट प्लान बनाउनु स्वस्थ बानी हो । यसले तपाईंलाई फिट राख्छ र तौल समस्याहरूबाट बचाउँछ । आफूले बिहानदेखि बेलुकासम्म खाने खानाको डाइट प्लान बनाउनु होस् र त्यसको अनुसरण गर्नुहोस् ।

नोट : मिठाइ, चिनीयुक्त पेय पदार्थ, चर्को नुन, भुटेको खानेकुरा, प्रशोधित पिठो, सेतो रोटी, सफ्ट ड्रिंक्स, जंक फूड र रातो मासु नखानुहोस् । दिनमा कम्तीमा ३ लिटर पानी पिउनुहोस् । करिब एक घण्टा शारीरिक क्रियाकलापमा संलग्न हुनुहोस् । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  १ : ०७ बजे