Logo

प्रमुख समाचार

सुधारमा राप्ती प्रादेशिक अस्पताल 

विशेषज्ञ सेवादेखि व्यवस्थापकीय सुधार गर्दै राप्ती प्रादेशिक अस्पताल



दाङ । राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ ।  रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रसासनले जनाएको छ । 

विरामीहरुको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपीडीको टिकट निःशुल्क गराइएको छ । टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवारकल्यान मन्त्री इन्द्रजित थारुले शुभारम्भ गरेका छन । 

‘प्रणालीमा नहुँदा यसअघि सेवाग्राहीहरु घण्टौ लाईनमा बस्नु पर्ने बाध्यता थियो । अब यो समस्या टोकण प्रणली लागू  भएपछि समाधान भएको छ । पहिले घण्टौ लाईनमा लाग्नु पर्ने अबस्था हुन्थ्यो, यसले विरामी र विरामीका कुरुवालाई निकै अफ्टेरो बनाएको देखिन्थ्यो’,  मन्त्री थारुले भने समस्या हटेर सहज हुने विश्वास लिएको छु । 

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा टोकन प्रणाली सुरु गरिएको हो । दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरी ब्यबस्था मिलाईएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले बताए । 

तालिम घर स्थापना 
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जिल्लामै पहिलो किलिनिकल तालिम घरको स्थापना गरिएको छ । दाङ जिल्लामा स्वाथ्यकर्मीहरुलाई तालिम दिन र लिन सजिलो बनाउने उदेश्यले प्रादेशिक अस्पताल भित्र तालिम घरको निर्माण भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए । 

तालिम घरको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उदघाटन गरेका हुन ।  तालिम घरमा बढीमा २० जना सम्मलाई एक चरणमा तालिम दिन सकिन्छ । 

प्रकाशित मिति : १९ असार २०७९, आईतवार ०८:०७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।