Logo

समाचार

थप ५३ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ११ लाख २० हजार नाघ्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २० जना निको भएका छन् भने कसैको मृत्‍यु भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३२९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् । यस्तो १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार १६:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।