Logo

समाचार

कुलतबाट कसरी छुटकारा पाउने ? यस्ताे छ सजिलो उपाय



एजेन्सी । व्यस्त जीवनशैली, बढ्दो शहरीकरण र आधुनिकिकरणका कारण पछिल्लो समय युवापुस्तामा कुलत मौलाउँदै गएको छ । आजभोलि कुनै न कुनै नशाको लत लागेका मानिसहरु थुप्रै भेटिन्छन् ।

तर, धेरैलाई आफूलाई लागेको नशाको लत छुटाउने उपायको बारेमा खोजी भने जरुर हुने गर्छ । धेरैले नशाको लतबाट छुटकारा पाउने उपाय खोजिरहेका हुन्छन् ।

एउटा यस्तो उपाय छ जसले कुनै पनि नशाको लत छुटाउन मद्दत गर्न सक्छ । त्यसमा दाख प्रमुख मानिन्छ । यसलाई आयुर्वेदिक औषधिको रुपमा लिइन्छ ।

जो मानिसमा धुमपान, मध्यपान, खैनी, गुट्खा, पान, तम्बाकु जस्ता पदार्थको लत लागेको छ ती व्यक्तिहरुका लागि दाख निकै उपयोगी साबित हुनसक्छ ।

यसको लागि दाखमा मरिच, सुकमेल र दालचीनी मिसाएर मसिनो धुलो बनाउने र त्यसलाई स–सानो चक्की बनाएर राख्ने । र त्यसलाई बारम्बार मुखमा हालेर चुस्ने गर्नुपर्छ । उक्त चक्कीले नशाका कारण शरीर कमजोर हुने समस्याको पनि समाधान गर्छ । साथै, यसले पाचन प्रक्रिया समेत सक्रिय गराउँछ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ०२:१०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।