Logo

मनोरञ्जन

कपिल शर्माले खेपिरहेको मुद्धा



मुम्बई । कमेडियन कपिल शर्माविरुद्ध ‘एफआईआर’ दर्ता भएको छ । उनीमाथि सम्झौता तोडेको आरोप लगाइएको छ ।

सन् २०१५ मा अमेरिका टुरमा जाने भनिएको सम्झौता उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गरिएको हो । साई यूएसए इंकले कपिलविरुद्ध मुद्दा दर्ता गराएको हो ।

इंकले कपिललाई अमेरिकामा ६ शोका लागि पारिश्रमिक बुझाएको तर कपिलले पाँच शो मात्र गरेको र घाटाको भर्पाई गरिनेदिने वचन दिएता पनि व्यवहारमा त्यसलाई पूरा नगरेको आरोप लगाइएको छ । कपिलविरुद्ध इंकका प्रमुख अमित जेट्लीले न्युयोर्क अदालतमा उजुरी दर्ता गराएका हुन् ।

यति बेला अपिल ‘द कपिल शर्मा शो’ टिमसहित नर्थ अमेरिकाको टुरमा छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।