Logo

प्रवास

एनआरएन निर्वाचनको आइसिसी उम्मेदवारमा गंगा शर्माको उम्मेदवारी



बेल्जियम निवासी गंगाप्रसाद शर्माले एनआरएनको आगामी निर्वाचन २०२१-२०२३ का लागि आइसिसी उम्मेदवारका रूपमा उम्मेदवारी दिएका छन् । 

शर्माले “एक पटकको नेपाली, सधैँको नेपाली “ भन्ने गैर आवासीय नेपाली संघको अभियानमा क्रियाशील रहँदै संस्थाको दिगो आर्थिक मजवुती, विश्वसनीयता र संस्थागत रूपान्तरणमा निरन्तर योगदान दिँदै आएका छन् । 

उनले सार्वजनिक अपिलमा गर्दै भनेका छन् बेल्जियम बासी सम्पूर्ण नेपाली बुवा,आमा,दाजुभाइ, दिदिबहिनीहरुमा हार्दिक नमस्कार एनआरएनए बेल्जियम को स्थापना कालदेखि हालसम्म विभिन्न कालखण्डमा कार्यसमितिको पदाधिकारी पदमा रहेर वा बाहिरैबाट पनि मेरो साधन, श्रोत र शक्तिले भ्याएसम्म संघले दिएको जिम्मेवारी पूरा गरी आएको कुरा सबैमा सर्वविदितै छ।

संघको नेतृत्व चयनका दौरानमा कहिलेकाहीँ धेरै व्यक्ति एउटै पदको आकांक्षी हुँदा संस्थागत हितलाई मध्यनजर गर्दै प्रत्याशी साथीहरूको इच्छालाई सम्बोधन गर्दै आफूलाई एनआरएनएको सिपाहीको रूपमा राखी पहरेदारको भूमिका निर्वाह गरी आएको कुरा पनि बेल्जियम का नेपाली समाजमा जानकारी भएकै विषय हो। यस पटकको एनआरएनएको निर्वाचनमा अग्रज, सामाजिक अभियन्ता, समकक्षी साथीभाइ लगायत धेरै शुभेच्छुकहरुको सल्लाह र सुझाव बमोजिम म यहाँहरू माझ आइसिसी उम्मेदवारको (२०२१-२०२३) रूपमा प्रस्तुत भएको छु।

यहाँहरू सबैको माया, ममता र समर्थनबाट सर्वसम्मत रूपमा निर्वाचित भई एनआरएनएको साझा अभियानमा एउटा इँटा थप्ने मौका दिनु हुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।

प्रार्थी,

गंगाप्रसाद शर्मा

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १५:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।