Logo

प्रमुख समाचार

आलेले पेलेका पर्यटन बोर्डका सीईओ नयाँ पर्यटनमन्त्रीसँग नजिक हुँदै



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाल पर्यटन बोर्ड क्यानडाको सहकार्यमा नेपाल क्यानडा टुरिज्म कल्चर एण्ड टेडले प्रकाशन गरेको वेस्र्टन नेपाल फोटो पुस्तक विमाचेन गर्दै मन्त्री श्रेष्ठले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताएका हुन् ।

पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गरे ।

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसाबले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहेको जानकारी दिए ।

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न कामहरु गरिरहेको जानकारी दिँदै बोर्ड मन्त्रीबाट प्राप्त रचनात्मक निर्देशन र सुझाव अनुरुप काम गर्न सधैँ तयार रहेको बताए ।

लेखक तथा फोटो पत्रकार भरतबन्धु थापाले भने वेस्र्टन नेपाल फोटो पुस्तक पश्चिम नेपाल अर्थात् लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बुझ्न चाहनेहरुको लागि आँखीझ्याल भएको बताए । सन् २०१३ देखि पुस्तक प्रकाशनको यात्रा सुरु गरेका थापाको वेस्र्टन नेपाल सम्म सातौँ पुस्तक हो ।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  ९ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।