Logo

खेलकुद

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय रद्द



काठमाडौं । घरेलु टोली क्यानडा र नेपाल राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ ।

मंगलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो  । दोस्रो खेल आज बुधबारका लागि तय भएको छ ।

यसअघि नेपालले स्थानीय ओन्टारियो क्लबसंग दुई अभ्यास खेल खेलेको थियो । एक दिवसीय र टी-२० फर्म्याटमा खेलिएको दुबै खेलमा नेपाल विजयी भएको थियो ।

यसपछि नेपाली टिम स्कटल्यान्ड भ्रमणमा निस्कने छ । विश्वकप लिग २ अन्तर्गत  त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल आयोजक स्कटल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्नेछन् । 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार ०६:४५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।