Logo

खेलकुद

डी मारिया युभेन्ट्समा आउने पक्का 



काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ड जर्मेन (पिएसजी) यसै सिजन छाडेका मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्टस जाने पक्का भएको छ ।

अर्जेन्टिनी विंगर डी मारिया र युभेन्टसबीच ‘फ्रि ट्रान्सफर’ सम्झौताको सम्पूर्ण प्रकृया पूरा भइसकेको खुलेको छ । दुईबीचको सम्झौता एक वर्षको हुनेछ । 

सन् २०१५ मा पिएसजीमा अनुबन्धित भएका डी मारिया यसै वर्षको जुनमा पिएसजीबाट फुकुवा भएका थिए । त्यसअघि डी मारियाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियाल मड्रिडबाट समेत खेलेका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १७:३८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।