Logo

खेलकुद

सन्दीपले तल्लावाजबाट सिपिएल खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म हुने प्रतियोगिताका लागि तल्लावाजले सन्दीपलाई अनुबन्ध गरेका जानकारी दिएको छ ।

सन्दीपले २०२० मा पनि जमैका तल्लावाजबाटै सिपिएल खेलेका थिए । सन्दीपले यसअघि सेन्ट किट्स एन्ड भेभिस प्याट्रिओट्सबाट पनि सिपिएल खेलिसकेका छन् ।

मंगलबार मात्रै सन्दीप श्रीलंकाको फ्रेन्चाइज लिग खेल्ने पक्का भएको थियो । ३१  जुलाई देखि २१ अगस्टसम्म हुने लंका प्रिमियर लिगका लागि दमुल्ला जायन्ट्सले ४० हजार डलरमा सन्दीपलाई अनुबन्ध गरेको हो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १८:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।