हिन्दु महिलाहरू असल र चाहेको जस्तो पति पाउनको लागी व्रत बस्ने गर्छन् । दक्षिण अफ्रिकामा राम्रो श्रीमान् पाउनको लागी केटीहरूले कपाल मुण्डन गर्छन् । ईथोपिया र सोमालियाको केही ठाँउमा बोरान जातीमा केटीहरूमा विवाहपछि कपाल बढाउन मौका दिन्छन् । केटीहरूको विवाह पहिले नै कपालको सबै भाग मुन्डन नगरी कपालको एउटा ठुलो भाग खुइलाएर राख्छन् ।
यसरी कपाल खुइलाउँदा असल पति प्राप्त भई वैवाहिक जीवन सुखमय हुने विश्वास गरिन्छ । जब युवतीहरूको विवाह हुन्छ त्यसपछि कपाल बढाउनको लागि अनुमति पाउँछन् । यहाँका मानिसहरू आफ्नो शरीरमा रगतको कमी हुने अन्धविश्वासका कारण फोटो खिच्न मान्दैनन् । बोरोना समुदायका महिलाहरू यस्तो कडा नियमको पालना गरेका छन् ।
आफूलाई सुन्दर राख्नको लागी त्यहाँको महिलाहरू बाख्राको छाला बाट बनेको परम्परागत कपडा लगाउँछन् । यो समुदायमा पति घर आउन ढिलो भएमा घरमा कोही नपसुन् भनेर अगाडि भाला गाडेर राख्छन् । एजेन्सी




















प्रतिक्रिया