Logo

अन्तर्राष्ट्रिय

प्राकृतिक विश्व फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू (फोटो फिचर)



विश्वभरिका फोटोग्राफरहरूले न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगितामा भाग लिएका थिए ।

पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम देखाउने तस्बिर आह्वान गरिएको उक्त प्रतियोगिताका विजेता र उत्कृष्ट तस्बिरहरू यस्ता छन् ।

प्रतियोगिताको उत्कृष्ट तस्बिरमा मौरीहरू झुम्मिएको दुर्लभ दृश्य छ। करिन एग्नरले २० सेकेन्ड मात्रै झुम्मिएका ती मौरीको तस्बिर खिचेका हुन्। यी मौरीहरू अमेरिकामा पाइन्छ ।
पर्वत श्रृङ्खला एल्प्सको फ्रान्सेली स्थानमा आफ्नो दुलोबाट निस्केर उफ्रिरहेको यो प्राणीलाई हेर्नुहोस्। फोटोग्राफर होसे ग्रान्डिओले यो तस्बिरका लागि निकै समय कुरेको र त्यो जीव हिउँमा रमाएर निकै बेर खेलेको बताएका छन् ।

यो चमेरो रुखमा फलेको फल खान खोजिरहेको छ तर यो तस्बिर खिच्न सीताराम राउललाई निकै समय लाग्यो । राउलले तीन साता चमेरोहरूको क्रियाकलाप हेर्दै कसरी राम्रो तस्बिर खिच्न सकिन्छ भनेर अध्ययन गरेका थिए ।
सन्देश कादुरले यो हिउँचितुवाको तस्बिर खिचेका हुन्। हिउँचितुवाहरू पहाडमा देख्न गाह्रो हुने गरी बस्न सक्छन् जसले गर्दा यिनलाई हिमालको भूत पनि भनिन्छ।
टम जर्जले खिचेको यो तस्बिर मेक्सिकोको पानीमुनिको गुफाको हो । यो तस्बिरमा ती गुफाको सुन्दरता मात्रै होइन, पर्यटनको विकासले यस्ता प्राकृतिक कुराहरू कसरी जोखिममा परिरहेका छन् भनेर देखाउन खोजिएको छ ।

बीबीसी

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार ११:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।