Logo

प्रमुख समाचार

ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा कस्तो साहित्य मेटिरहेको छ ?



ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधनको पछाडि लेखिएका साहित्य हटाउने अभियान सुरू गरेको छ । काठमाडौं ट्राफिकको जिम्मेवारी सम्हालेको भोलिपल्टै बिहीबार डीआईजी मीरा चौधरीले सायरी र गजल हटाउने अभियान सुरु गरेकी हुन् । उनले पुरानै अभियानलाई निरन्तरता दिइएको बताइन् ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो’, त्यसमा लेखिएको छ, ‘नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख, रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न पाइँदैन ।

केही साहित्य यसप्रकार रहेका छन् ।

१.
लाइसेन्सको जस्तै विवाहको पनि परीक्षणकाल हुने भए धेरैका विवाह रद्द हुन्थे होलान् ।

२.
गाउँको कथा हामीलाई के थाहा ?
अनि हाम्रो कथा गाउँलेलाई के थाहा ?
आजकालका सीताहरू दिउँसै रावणलाई घरमा बोलाउँछन्
विचरा कतारमा बस्ने रामलाई के थाहा ?

३.
एउटी विवाहित शिक्षित भई भने सारा परिवार शिक्षित हुन्छ
तर एउटी अविवाहित कलेज गई भने
कलेजका दर्जनौं केटा अशिक्षित हुन्छन् ।

३.
जनावरहरू पुच्छरले इज्जत छोप्छन् र खुसी छन्
नेताहरूको इज्जत पनि छैन र पुच्छर पनि छैन
त्यसैले दुःखी छन् ।

४.
माया र मौसमको भर हुँदैन
कच्ची छ सडक
धुलो छ बाटो
हिँडदैछु तड्पेर
अधुरो पिरेम
नसोच कान्छी
आउनेछु फर्केर ।

५.
जिन्दगी हाम्रो काल रहेछ
थाहै भएन
तिमीजस्ती तरुनी कति आए कति गए, बालै भएन

६.
रक्सीको झोकमा भाउन्न, झोकमा स्वास्नी कुट्यो लठ्ठीले
गर्नुसम्म ग¥यो यो देशलाई, जाँड–रक्सी अनी भट्टीले

७.
सिसा फुटे टुक्रा हुन्छ
धर्ती फुटे खाडल
मन फुटे आँसु झर्छ
माया फुटे पागल ।

८.
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन
ड्राइभरका स्वास्नी धेरै हुन्छन्, खलासीको हुँदैन

९.
एैंसेलुखर्क जाने’भा पर्ख
म नआई नफर्क…
धनकुटा हिले दिल चित्त मिले
जाऊँ हिँड यो वर्ष !

१०.
काली गर्छे माया गोरी गर्छे प्यार ।
ड्राइभरको जिन्दगी गजब छ यार ।
११.
गरिब थिएँ, गरिब नै छु, धनी केटा तिमीले भेट्टायौ
मायालाई धनसँग साट्नु
थियो भने मसँग बैंसको प्यास किन मेटायौ ?

१२.
चौतारीमा भरिया दाइले भारी बिसाउने
ड्राइभरलाई मात्र हेर्दा नानी, खलासी रिसाउने ।

१३.
अँध्यारो रात छ, नदीको किनार छ
इस्टेरिङमा हात छ, ईश्वरको सहारा छ ।
सधैँभरि चक्काजाम, बन्द अनि हड्ताल ।
महँगी बढ्ने, ढुङ्गा हान्ने, के यही हो नयाँ नेपाल ?

१४.
टिसर्ट राम्रो सिफन त सारी राम्रो फाइबरको
दुनियाँका स्वास्नी पोइल जान्छन् दोष किन ड्राइभरको ?

१५.
साँझ–बिहान नभनेर जहिल्यै पसल खोल्छिन् ।
उधारो नि दिन्छिन् गाँठे हाँसी–हाँसी बोल्छिन् ।

१६.
बच्चाको जिन्दगी बिस्कुट
र केकमा
ड्राइभरको जिन्दगी स्ट्रेरिङ र ब्रेकमा ।

१७.
गाडी हो जापनिज
कच्चा नसम्झ
ड्राइभर हो नेपाली
बच्चा नसम्झ ।

१८.
बुझ्नु न सुझ्नु हर्न प्वाँ प्वाँ !

१९.
रिल्याक्सको जिन्दगी
गाडीको बास
एक्लो छ जिन्दगी
प्रेमिकाको आश ।

२०.
आकाशमाथि परी
दलीमाथि चरी
कहीँ–कतै भूल भए
आई एम सरी ।

२१.
तिमी गुलाफ बन प्रिय
म काँडा बनिदिनेछु !
जो छुन आउँछ तिमीलाई
च्वास–च्वास्स घोचिदिनेछु ।

२२.
मनमा पिर भए नि मुस्कान लिएर चढ,
मेरै मायालु भएनि भाडा
दिएर झर ।

२३.
फूल दिउँ भने पात छैन, मुस्कान दिउँ भने अगाडीको दाँत छैन ।
बाउ पनि ठिस आमा पनि ठिस, छोरीचाहिँ वान पिस ।

२४.
लभ इज लाइफ, विदेशमा ड्राइभ, फर्केर आउँदा वाइफ
नै गायब ।

२५.
फरक्क फर्की नहेर
कान्छी हरनको तालैमा, ड्राइभरहरू हरामी हुन्छन् किस खालान् गालैमा ।

२६.
जी माने गाँजा, पशुपति जाँदा, छक्क परे शिवजी मैले गाँजा खाँदा ।

२७.
नयाँ गाडी किनेर ड्राइभरलाई जिम्मा दिनु र भर्खरै विवाह गरेर विदेश जानु उस्तै–उस्तै हो ।

२८.
काठमाडौंको सुकुलगुन्डा, पोखराको गाईने, अचेलका केटीलाई ट्यापे केटा चाहिने ।

२९.
कवि भए कलम, कलम भए कविता । धनी मरे श्रद्धाञ्जली, गरिब मरे रमिता ।

३०.
कसैलाई लभ परेर टेन्सन, कसैलाई लभ नपरेर टेन्सन, आफ्नो चाहिं हुँदै नभएको, पर्दै नपरेको लभको हल्ला चलेर टेन्सन ।

३१
कस्तो फूल रोजेछु मैले टिप्न नपाइ ओइलाइ जाने, कस्तो माया लाएछु मैले, बोल्नै नपाइ पोइल जाने ।

३२.
टिसर्ट राम्रो सिफन त सारी राम्रो फाइबरको । दुनियाँका स्वास्नी पोइल जान्छन् दोष
किन ड्राइभरको ?

३३.
जीवनमा एउटै मात्र गल्ती गरिरहें, धुलो मेरो अनुहारमा रै’छ तर मचाहिं ऐना पुछिरहें ।

३४.
कति साबुन दल्छस् ओइ

काले, लाइफब्वाइ साबुन नै

कालो भैसक्यो ।

३५.
उकाली होस् वा ओराली होस्, बाटैमा ससुराली होस् । गोरी होस् वा काली होस्, ससुरालीमा एउटी साली होस् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।