Logo

प्रवास

रियाले पाइन् जमानत, हुमाले दिइन् प्रतिक्रिया



बुधबार नायिका रिया चक्रवर्तीले जमानत पाउने बित्तिकै सोसल मिडियामा एक तप्का खुसी मात्रै भएनन् उनीहरुले हरेक त्यस्ता व्यक्तिमाथि निशाना साँधे जसले रियालाई बदनाम गर्ने कोसिस गरेका थिए । बलिउडका थुप्रै सेलिब्रिटीले पनि रिया चक्रवर्तीको जमानतमा खुसी व्यक्ति गरे तर उनीहरुलाई यो कुराको दुःख थियो कि एक निर्दोष महिलाले यत्तिका दिनसम्म जेलमा बिताउनुपर्यो ।

https://twitter.com/humasqureshi/status/1313800441701060608?s=20

रियाले पाइन् जमानत, हुमाले दिइन् प्रतिक्रियाः

नायिका हुमा कुरेशीको विशेष रोष देख्न पाइयो । उनी सबैले रियासँग माफी माग्नुपर्ने चाहेकी छिन् । उनका अनुसार सुशान्त केसमा जसले पनि मर्डर थ्योरीलाई उचालेका थिए, सबै विरुद्ध कारवाही हुनुपर्छ । उनले ट्वीट गरेकी छिन्, ‘सबैले रियासँग माफी माग्नुपर्छ । कसले मर्डर थ्योरी फैलाए, यसबारे अनुसन्धान हुनुपर्छ । लाज लाग्नुपर्ने हो कि आफ्नो एजेन्डा पूरा गर्नका लागि एक युवती र परिवारको जीवन  बर्बाद पारियो ।

सुशान्तका प्रशंसक यतिबेला हुमालाई ट्रोल गरिरहेका छन् । तर एउटा समूह यस्तो पनि छ कि उनीहरुले रियालाई निर्दोष त मानिरहेका नै छन्, उनलाई पीडित पनि बताइरहेका छन् ।

शेखर सुमन किन रिसाएका छन् ?

हुन त हुमाबाहेक तापसी पन्नू, अनुभव सिन्हाजस्ता कलाकारले पनि खुसी व्यक्त गरेका थिए । सबैले अदालतको निर्णयको स्वागत गरेका थिए र यसलाई न्यायपालिकामा विश्वास बढाउने किसिमको बताएका थिए । तर अर्कोतर्फ नायक शेखर सुमनले यो निर्णयपछि सोसल मिडियामा रिस देखाएका छन् । उनले सुरुमा त सुशान्तलाई न्याय दिलाउनका लागि अशान्त रहन आवश्यकता भएको बताएका थिए तर पनि उनले ट्वीट गरेर अब सबै समाप्त भइसकेको बताए ।

 

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ४ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।