Logo

खेलकुद

एञ्जल्स एसईई कप फुटसल भोलिदेखि



काठमाडौं । एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसईई कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुनले क्रिकेट, भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएकोमा एन्जल्स हार्टले पहिलोपटक फुटसल आयोजना गर्न लागेको बताए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

साथै एन्जल्समा प्लस टु अध्ययन गर्न चाहेमा पहिलो हुनेलाई १०० प्रतिशत, दोस्राेलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिने प्रिन्सिपल धनबहादुर पुनले जनाए । चारदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुनेछ । 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १६:५५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।