नेपाली कांग्रेस आफूलाई देशको नै सबै भन्दा ठूलो र भरपर्दो दल मान्दछ । तर यो दल यतिबेला कस्तो अवस्थामा आइपुगेको छ भने आफनो केन्द्रीय महाधिवेशन समेत गर्न नसक्ने अवस्थामा त पुगेको छ नै त्यस दलभित्रका उसका भातृ र शुभेच्छुक संस्थारुका महाधिवेशनको त चर्र्चा पनि गर्नलायक नहोला होला । प्राय सवै भातृ सस्था तीनवटा कार्यकाल पुग्नेगरी विना अधिावेशनै चलिरहेका छन् ।
यतिबेला यसको केन्द्रीय संस्था असाधारण समयको महाधिवेशनको समयबाट नै फेरी अर्को असाधारण समयको पर्खाइमा रहेको जस्तो देखियो । आउदो फागुनको मिति पर सार्न भनी आउदो हप्ता केन्द्रीय समिति नै बोलाइ सकिएको छ । त्यो भन्दा झनै कठोर, एक प्रकारले अपवाद बाहेक सबैमा त्यस्तै । अधिवेशन नै गर्न नपर्ने मान्यता स्थापित गर्न खोजेको जस्तो देखियो यसका भातृ संस्थाहरुको अवस्था । यसले यो दललाई के कारणले सबै भन्दा ठूलो र भरपर्दो लोकतान्त्रिक दल भन्ने ? यो प्रश्न आमतहमा नै उव्जिएको हुनुपर्छ ।
विधान व्याख्याको नमूना उदाहरण
नियमित रुपमा महाधिवेशन हुनुपर्ने वर्ष २०७६ सालको अन्त्य तिर कांग्रेसका विभागहरु थप्ने (२८ बाट ४८ वटा) प्रस्ताव आयो र बहुमतका आधारमा पारित भयो । यो ७७ साल फागुनमा हुने विशेष परिस्थितिको महाधिवेशन मिति तोकिएपछि ती विभाग धमाधम गठन हँदैछन् । विधानले भने महाधिवेशनको मिति तोकिएपछि यस्तो गर्न आचार संहिता लगाउ छ र रोक्ने हुन्छ तर । यो ठाउँमा नेतृत्व रोकिएन ।
यसको एकवर्ष अघि नै नेपाल विद्यार्थी संघको विधान पारित गर्यो केन्द्रीय समितिले सर्वसम्मत रुपमा र महासमितिले त्यसलाइ अनुमोदन पनि गर्यो । यो विधानमा नेविसंघका सदस्यहरुको उमर ३२ वर्ष तोकिएको छ । त्यो भन्दा माथि उमेरको व्यक्ति यो संघको सदस्य हुदैन ।
त्यसपछि नेपाल विद्यार्थी संघको तदर्थ नै भएपनि गठन यो विधान अनुसार हुनुपर्ने भन्ने माग । तर यो ठाउँमा भनियो यो विधान चोधौं महाधिवेशनपछि मात्र लागु हुने हो । यही तर्कका आधारमा ५० वर्ष उमेर पुगेका व्यक्तिलाई नेविसंघको संयोजक बनाइयो यसको अधिवेशन सम्पन्न गर्ने सन्दर्भमा । अधिवेशन गर्नका लागि बनाइएको तदर्थ समितिको पनि म्यादथप्नेकाम चलिरहेको छ ।
आफ्नो अनुकुल हुदा केन्द्रीय समितिले बहुमतका आधारमा पारित गरेको विधान भोलीपल्टै देखि लागु हुने र अनुकुल नहुँदा वर्षदिन अघि पारित भएको र महासमितिले अनुमोदन पनि गरेको विधान लागु हुन महाधिवेशनपछिको समय देखाउने काम कांगे्रसको संगठन कसरी चलिरहेको छ भन्ने एउटा उदाहरण नै हुनुपर्छ ।
भातृसंस्थमा तरुण दल
अघिल्लो वर्षको १० कार्तिक २०७६ मा नेपाली काँग्रेस भन्दा एक तह तलको संगठन तरुण दलले आफ्नो ६६औँ स्थापना दिवस मनायो तर दुइठाउँमा । एउटा थियो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा, जसका आयोजक थिए अध्यक्ष जीतजङ्ग बस्नेत । उता महासचिव भुपेन्द्रजंग शाहीले लाजिम्पाटमा त्यस्तै, तरूण दलकै स्थापना दिवसमा चियापानको आयोजना गरे ।
यो विभाजन धेरै ठाउँमा कार्यक्रम जुधेर भागवण्डा गरिएको होइन । एकठाउँमा बस्न नसक्दाको परिणाम थियो यो । दुबैतर्फ आ–आफूले मर्थन गरेका नेतहरु कार्यक्रममा गएका थिए ।
यो वर्ष अर्थात स्थापनाको ७७ दिवस आउन अव एक महिना पनि बाँकी छैन । यता यो संस्थाको पहिलेको जस्तो स्थिति यथावत नै छ । करिव सयजनाको नेतृत्व रहने वैधानिक व्यवस्था भएको यो संस्थामा यसको पछिल्लो अधिवेशन देखिनै जम्मा चार जनाको नेतृत्व छ । यी चार जना पनि चार तिर नै फर्किएका छन् ।
यो समयमा यदि स्वाभाविक रुपको अधिवेशन भएको थियो भने अर्को कार्यकालको एक वर्ष वितिसकेको हुने थियो । तर केन्द्रको जस्तै म्यादथप्दै यतिका दिन वित्यो त्यो पनि यस्तो अवस्थामा ।
तरुण दलको विधानमा यसको अधिवेशन तीन तीन वर्षमा हुनुपर्ने प्रावधान छ । वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पञ्चानब्बे सदस्यीय रहने केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन । यता यसको कार्यकाल सकिएर एक वर्षबढी भैसकेको छ ।
तरूणको इतिहास
कांग्रेसको आफू भन्दा एक तह मुनीको यो संगठन तरूणको इतिहास भने धेरै नै लोभ लाग्दो छ । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाले स्थापित गरेका हुन । यसका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए ।
यही तरुण दलको कार्यक्रममा ं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा जननिर्वाचित प्रधानमन्त्री बिपी लगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए ।
राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा स्थापनाको आधा दशक मात्रै उमेर हुदा त्यो प्रतिवन्धले तरुण दल पनि निस्क्रिय भयो । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको संस्थापक अध्यक्षको भनाइ छ ।
त्यसको करिव ३७ वर्षपछि विसं २०५४ मा नेपालगञ्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरे । त्यसयता भने यो दल निरन्तर नै कृयाशील थियो । तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल बस्नेत नेतृत्वमा रहे ।
विद्यार्र्थी भन्दा माथि र पार्टीका सदस्य भन्दा तल रहने गरी कांग्रेसको यो संगठनको कल्पना भएको थियो । नेपाली काँग्रेसका संस्थापक नेता जननायक बीपी कोइरालाको भनाइले पनि यो कुरालाई प्रष्ट पार्छ ।
पञ्चानव्वेमा पाँच
तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पञ्चानब्बे सदस्यीय रहने केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन । समय भने यो नेतृत्वको कार्यकाल सकिएर अर्को एकवर्ष व्यतित भैसकेको छ । तर यता पञ्चानव्वेमा पाचजना पनि नभएको नेतृत्व पनि विभाजित छ जति सदस्य हुन त्यतिठाउँमा हुनेगरी ।
तरूणको ऐतिहासीकता
विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलले त्यसबेला जम्मा आधा दशक मात्रै काम गर्न पायो । त्यसपछि विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बीपीलगायत सबै नेतालाई थुनेर ‘कु’ गरेका थिए । त्यसपछि यो संस्था समेत प्रतिवन्धमा पर्यो ।
राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो । यद्यपि विभिन्न नाममा युवा सङ्गठित हुँदै निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनरत थिए । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउने तरुण दलको स्थापना भएको थियो ।
त्यसलाई जिवन्तता दिन विसं २०५४ मा नेपालगञ्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा भयो । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल बस्नेत आदि गरी अध्यक्ष भैसकेकाछन् ।
विभिन्न माध्यममा आए अनुसार २०१० साल कात्तिक १० गते नेपाल तरुण दलको स्थापना गर्दा बीपी कोइरालाको सपना अनुसारको काम थियो, प्रजातान्त्रिक समाजवादी विचारलाई युवाका माध्यमबाट जनतामा स्थापित गराउनु पर्छ भन्ने । देशैभरबाट जम्मा भएका तरुणलाई सम्बोधन गर्दै त्यसबेला बीपीले भनेका थिए –
‘अहिले विश्वमा शक्तिको नग्न होड चलिरहेको छ र तानाशाही व्यवस्थालाई ग्राह्य बनाउने हेतुले समाजवादको संज्ञा दिने प्रयत्न भइरहेको छ । समाजवाद स्थापनाका लागि आर्थिक विकास अपरिहार्य छ । समाजवाद सिर्जनाका लागि उत्पादनका साधनको पूर्ण विकास र औद्योगिक उन्नति आवश्यक हुन्छ । जुन समाजमा नागरिक स्वतन्त्रता अपहरण हुन्छ वा उनीहरूले संगठनको स्वतन्त्रता पाउँदैनन्, जहाँ न्यायालय स्वतन्त्र छैन, जहाँका नागरिकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा स्वच्छन्दतापूर्वक बहस गर्न पाउँदैनन्, त्यहाँ समाजवाद पनि रहन सक्दैन ।’
यो ठाउँमा ध्यान रहोस, जुन समाजमा नागरिक स्वतन्त्रता अपहरण हुन्छ वा उनीहरूले संगठनको स्वतन्त्रता पाउँदैनन्, जहाँ न्यायालय स्वतन्त्र छैन, जहाँका नागरिकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा स्वच्छन्दतापूर्वक बहस गर्न पाउँदैनन्, त्यहाँ समाजवाद पनि रहन सक्दैन भन्ने वपीको त्यसबेलाको यो भनाइ आज भोलि पनि विभिन्न माध्यमहरुमा उल्लेख हुन थालका छन् । यसको अर्थ हो समाजवादको नाम लिएर राजनीति बीपीले ६–७ दशक अघि औल्याएका तर्फ त हिडिरहेको त छैन भन्ने प्रश्न उठ्छ ।
इतिहासका पानामा लेखिएका विवरणले नै वताउँछन नेपाली कांग्रेसको स्थापनापछि बीपी कोइरालाले नेपाल तरुण दलको स्थापनाका लागि जोड दिनुमा परिवर्तनमा युवाको भूमिका स्थापित गराउनु नै थियो । टिप्पणीकारहरु पनि भन्छन –बीपीले तरुण दललाई मुलुक परिवर्तनको मेरुदण्ड मानेका थिए । तत्कालीन राजा महेन्द्रका सेनाले राजाको आदेशमा तरुण सभालाई सम्बोधन गर्दै गर्दा बीपीलाई मञ्चबाटै नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नुअघि बीपी विश्वमा समाजवादको अन्तिम विजय हुनेमा आफ्नो विश्वास प्रकट गरिरहेका थिए । युवालाई संगठित गर्दै समाज परिवर्तन गर्ने उनको सपना थियो ।
यतिबेला कांग्रेस जन नै भनिरहेका छन् –आन्दोलनको मैदानबाटै जन्मेर नेपाली जनताको मुक्तिका निम्ति अनवरत संघर्षरत नेपाली कांग्रेसको पहिलो संगठन हो तरुण दल । तर नेपालका कतिपय राजनीतिक दलको भन्दा लामो इतिहास बोकेको संगठन तरुण दल भने मातृपार्टीका कारण मरणासन्न अवस्थामा छ । तयसकारण यस्ता कामहरु कांगे्रसलाई उभो लगाउने भन्दै पतन गराउने तर्फ केन्द्रीत रहेको मानिएको हुनुपर्छ । (क्रमशः अरु भातृ संस्थाका अवस्था) –सुवेदीको प्रस्तुती
प्रतिक्रिया