Logo

सुरक्षा/अपराध

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 



मकवानपुर : पचपन्न वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

मगरले ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : असार २७, २०७८ आईतबार  १ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।