Logo

साहित्य

ओएसआरको दामीम्युजिकएपमा कोपिला रिलिज



काठमाडौं । केही समय अघि निर्मलाबलात्कार काण्डमा आधारित भएर निर्माण भएको फिल्म कोपिलाओएसआर डिजिटलको दामीम्युजिकएपमा रिलिजभएको छ ।केही समय अघि डिस होममा रिलिजभएको फिल्मशुक्रवारबाट मोबाईल थिएटरमा रिलिजभएको हो ।कन्चनपुरकीबालिकानिर्मलापन्तको बलात्कारपछि हत्याभएको घटनामा आधारित भएर बनेको फिल्म ‘कोपिला’ को शुक्रवार दामीम्युजिकएपको मोबाईल थिएटरमा दैनिक ४ शो रिलिजभइरहेको छ ।

120663147_1017154318760026_4029352266857284308_n.jpg

प्रति टिकट ७५ रुपैया कायम गरिएको मोबाईल थिएटरमा मोबाईल थिएटरको हलवानमाकोपिलारिलिज गरिएको छ । 
ओ.एस.आर डिजिटल संगको सहकार्यमा सञ्चालीतदामीम्युजिकएपको  मोबाईल थिएटरमा ४ वटा पर्दा रहेको छ । हरेकशुक्रवार नयाँफिल्मयसमा निरन्तर रिलिजहुनेछ ।

एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ । अन्यथाअर्को टिकट काट्नुपर्ने दामीम्युजिकएपको नियम छ । यो आर्काइभ थिएटर भन्ने हैन । हलमा जस्तै यसमाशो अनुसार फिल्मचल्ने गर्छ । दामीम्युजिक एप डाउन लोड गरि आफुलाई मन परेको फिल्मविभिन्न ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम इसेवा, खल्ति, आइएमई पे, र एनसेल तथानमस्तेको सिमबाट पनि हेर्न सकिने व्यवस्था छ । 

Daami Music App.jpg

शिवम् अधिकारीको लेखन तथानिर्देशन रहेको फिल्मलाई सबैले राम्रो बनेको प्रतिक्रियादिएका छन् । फिल्ममाकलाकारहरु गणेशगिरी, सरितागिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ । 

फिल्ममानिर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू फिल्मभएपनिदर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरितागिरिको अभिनयको पनिप्रशंसा भएको छ । 

‘कोपिला’ मा निर्मलापन्तको हत्यारा पत्तानलाग्दा देखिएको राजनैतिकचलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपकशर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ ।

120798055_793878124721606_3469336159152027259_n.jpg

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ५ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।