Logo

प्रधानमन्त्रीले अहिलेसम्म समय नदिएपछि डा‍. केसीसँगको वार्ता अन्यौलमा



सरकार र आमरण अनसनरत डा गोविन्द केसीबीच आज हुने भनिएको वार्ता अझै हुन सकेको छैन । सहमतिका बुँदाहरुमा दुवै टोली समहत भइसके पनि औपचारिक सहमति भने हुन बाँकी छ । प्रधानमन्त्री केपी ओलीको समेत उपस्थितिमा वार्तामा बस्ने भनिए पनि प्रधानमन्त्रीले अहिलेसम्म समय नदिएको डा केसी पक्षधर वार्ता टोलीका सदस्य ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

द्धिपक्षीय औपचारिक वार्तापछि डा केसीले आजै अनसन तोड्ने तय भएको थियो । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

बिहीबार सहमति हुन नसकेको विषय डा केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।

 

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ७ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।