Logo

स्याङ्जामा बसले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै दुई जनाको मृत्यु



स्याङ्जामा बसले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै दुई जनाको ज्यान गएको छ । सिदार्थ राजमार्ग सडकखण्ड अन्तर्गत भीरकोट नगरपालिका–१ हेलुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

वालिङको पाइनिज हायर एजुकेसन एकेडेमी स्कुलको ग १ क ४३७० नम्बरको बसले हेलुबाट वालिङतर्फ आउँदै गरेको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भीरकोट नपा–३ बानेथोक घर भइ हाल कपिलवस्तु बस्दै आएका ३१ वर्षीय गुप्तबहादुर खत्री र सोही ठाउँ घर भइ हाल वालिङ–१ रामबाच्छा बस्दै आएका ५५ वर्षीय ढालबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार घाइते भएका दुवै जनालाई उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलु लगिएको थियो ।उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेका हुन् । प्रहरीले बस चालक भीरकोट निवासी ५६ वर्षीय गंगाबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार  १२ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।