Logo

सुरक्षा/अपराध

अटोमेटिक पेस्तोल सहित २ जना पक्राउ 



सिरहा : गोलबजार नगरपालिका-९ स्थित आँपको बगैंचाबाट मेडइन इटाली लेखिएको १ थान अटोमेटिक पेस्तोल, त्यसको १ थान म्याग्जिन, २ राउण्ड गोली र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका-१० पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र  सोही ठाउँ बस्ने २२ वर्षीय रूपेस यादव रहेका छन् । उक्त बगैंचामा हातहतियार सहित मानिस बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  २ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।