Logo

प्रवास

ट्विटमा आपत्ति जनक कुरा लेखेको भन्दै अभिनेत्री कंगनाविद्ध उजुरी दर्ता



ट्विटमा आपत्ति जनक कुरा लेखेको भन्दै भारतीय अभिनेत्री कंगनाविद्ध उजुरी दर्ता गर्न अदालतले आदेश दिएको छ । कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले अभिेनत्री कंगना रनौतविरुद्ध उजुरी “एफआरआई)”दर्ता गर्न आदेश दिएको हो ।

कंगनाले गरेको एक ट्विटका कारण दिइएको हो अदालतले सो आदेश दिइएको हो । सो ट्विटमा कंगनाले कृषि विधेयकको विरोधमा उत्रिएका किसानविरुद्ध आपत्तिजनक कुरा लेखेकी छिन्।

गत सेप्टेम्बर २१ म कंगनाले किसानले गरेको प्रदर्शनविरुद्ध एक ट्विट गरेकी थिइन्, तर त्यो विवादित बनेपछि उनले सो ट्विट डिलिट गरेकी थिइन्।

न्युज एजेन्सी पीटीआईका अनुसार यो आदेश अधिवक्ता रमेश नाइकको निवेदनअनुसार अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ताका लागि अदालतले आदेश दिएको हो।

प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार  ६ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।