Logo

प्रदेश न. १

प्रदेश १ को नामकरणमा झन् सकस, सभामुखले बोलाए सर्वदलीय बैठक



काठमाडौं । सबै दलहरु आ–आफ्नो अडानबाट टसमस नहुँदा प्रदेश नं. १ को नामकरणमा सकस परेको छ । दलहरुले आ–आफू अनुकूलका नाम प्रस्ताव गरेर त्यसमा कोही पनि पछि नहट्दा थप प्रदेश सभालाई नामकरणमा थप सकस भएको छ ।

नामका विषयमा दलहरुबीच सहमति जुट्न नसकिरहेका बेला प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणकै विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलीय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

प्रदेश सभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको सचिव पराजुलीले बताए । त्यसअघि नै नामका विषयमा दलहरुबीच सहमितमा पुग्ने कसरत भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले कोशी नाम प्रस्ताव गरेको छ भने कांग्रेसले सप्तकोशी तथा नेकपा माओवादी केन्द्रले सभ्यताका आधारमा किराँत प्रदेश हुनुपर्ने अडान राख्दै आएको छ । अन्य दलले पनि छुट्टाछुट्ट नाम अगाडि सारेका छन् ।

पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री रहेका एकीकृत समाजवादी पार्टीका राजेन्द्र राईले यही प्रदेश अधिवेशनबाटै प्रदेशको नामकरणलाई टुंग्याउने बताइसकेका छन् ।

प्रकाशित मिति : श्रावण २, २०७९ सोमबार  १ : ३४ बजे