Logo

समाचार

बदाम खाँदा आयु बढ्छ ?



बदाम सबैलाई मनपर्ने ड्राइफुड हो । यो बदाम स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ । अमेरिकाको न्यु इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार दैनिक एक मुठ्ठी बदाम खाने मानिसहरुको आयु नखानेहरुको तुलनामा लामो हुन्छ ।

ब्रिघामको डाना फार्बर क्यान्सर इन्सिच्युट, वुमन्स हस्पिटल र हार्भर्ड स्कुल अफ पब्लिक हेल्थका बैज्ञानिकहरु ३० वर्षमा १ लाख २० हजार मानिसहरुमा गरिएको अनुसन्धानपछि यस्तो निष्कर्षमा पुगेका हुन् । अध्ययनमा दैनिक रुपमा बदाम खानेहरु नखानेहरुको तुलनामा बढी स्लीम भएको पाइएका थिए ।

यद्यपि अहिलेसम्म बदाम खानाले तौल बढ्छ भन्ने विश्वास गरिन्छ, यसलाई अनुसन्धानकर्ताहरुले गलत ठह¥याएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार २०:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।