Logo

समाचार

काठमाडौंमा कोभिड विरुद्धको बुस्टर डोज लगाउन सुरु



काठमाडौं । काठमाडौंमा आज (मंगलबार)देखि कोरोना विरुद्धको तेस्रो (बुस्टर) डोज खोप लगाउन सुरु गरिएको छ । खोप अभियानमा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिसिल्ड खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए ।

काठमाडौंका महानगरसँगै अन्य १० नगरपालिकामा सञ्चालन हुने खोप अभियान आगामी शुक्रबारसम्म चल्ने छ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेका नागरिकले तेस्रो मात्रा खोप लिन सक्नेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ११:०९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।