Logo

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किंदै



काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–टू अन्तर्गतका खेल खेल्न स्कटटल्याण्ड पुगेको नेपाली टोली आज (मंगलबार) स्वदेश फर्किंदैछ । स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिस्पर्धा गरेको थियो । ४ वटा खेलमा नेपालले १ मा मात्रै जित हात पार्न सक्यो ।

नेपालले पहिलो खेल नामिबियासँग हारेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । त्यस्तै, तेस्रो खेलमा नमिबियासँगै हार व्यहोरेको थियो भने चौंथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग लज्जास्पद हार व्यहोरेको थियो ।

७ टिम सहभागी विश्वकप लिग टूको समूह चरणमा नेपाल २० खेलमा १७ अंकसहित समूहको छैटौं स्थानमा छ। नेपालले ८ मा जित, ११ मा हार र १ खेलमा बराबरी गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ११:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।