Logo

खेलकुद

४१ वर्षीय इभ्राहिमोविच थप एक वर्ष एसी मिलानमै रहने



काठमाडौं । भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग थप एक वर्षको लागि सम्झौता नवीकरण गरेका छन् । ४१ वर्षीय इब्राहिमोविचले नयाँ सम्झौतासँगै  सन् २०२३ को जुन ३० सम्म मिलानमा रहने पक्का भएको छ ।

इभ्राहिमोविचले गत सिजन ८ गोल गर्दा एसी मिलानले सहरी प्रतिद्वन्दी इन्टर मिलानलाई पछि पार्दै सिरी ए उपाधि  जितेको थियो । सन् १९९९ मा माल्मोबाट डेब्यु गरेका इब्राहिमोविचले आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पीएसजी, म्यानचेस्टर युनाईटेड र लस एन्जल्स ग्यालेक्सीबाट खेलिसकेका छन् ।

१२१ खेल खेल्दै ६२ गोल गरेका इभ्राहिमोविच स्विडेनको सर्वाधिक गोलकर्ता समेत हुन् । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।