Logo

बैंकिङ

डिलाइट सहकारीमा ब्याजदर आतंक, यसरी ठगिदैछन् सर्वसाधारण



काठमाडौंको अनामनगर पूर्वीगेट अगाडि रहेको एक डिलाइट सहकारी संस्थाले ब्याजदर आतंक नै मच्चाएको संस्थामा आवद्ध सर्वसाधारणहरुले गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम पर्याप्त रहेको र ब्याजदर समेत घटिरहेको बेला यो सहकारीले अपत्यारिलो ब्याजदर लिने गरेको गुनासो अनलाइनपानासम्म आइपुगेको हो । 

यस संस्थाले पहिले पहिले गाउँघरमा हुने साहु महाजनले जस्तै ३६ प्रतिशतसम्म ब्याजदर लिने गरेको छ । सहकारी विभागले जारी गरेको सन्दर्भ ब्याजदरअनुसार अहिले १६ प्रतिशत भन्दा धेरै लिन पाइदैन । अझ आगामी १ गतेदेखि त १४.४७ प्रतिशत भन्दा बढी ब्याजदर लिन पाइदैन । 

तर डिलाइट सहकारी संस्थाले सन्दर्भ ब्याजदरको धज्जी उडाउदै मनपरी हिसाबले ब्याजदर असुली रहेको बुझिएको छ । सोझा सिधा सर्वसाधारणहरुलाई ब्याजदर, सेवा शुल्क लगायतका विभिन्न शुल्क जोडेर ऋण लिदा ३६ प्रतिशतसम्म ब्याजदर लिने गरेको संस्थाकै सदस्यहरुले गुनासो गरेका छन् । 

एक संस्थाकी सदस्यले सहकारी विभागले तोकेको भन्दा धेरै बुझाएको प्रमाण समेत अनलाइनपानालाई उपलब्ध गराएकी छिन् । प्राप्त प्रमाण हेर्दा डिलाइट सहकारीले ऐन नियमको धज्जी उडाएको प्रष्ट हुन्छ । यो सहकारीले मनपरी गर्दा समेत कारबाही हुन सकेको छैन ।

 ‘मैले यो सहकारीबाट ऋण लिएको छ, ऋण लिदा १६ प्रतिशतमात्रै भन्यो पछि ब्याजदर बढाएको बढायै गर्यो’ अनलाइनपानाको स्म्पर्कमा आएका एक ग्राहकले भने, ‘हामीलाई यो सहकारीले लुटिरहेको छ, मैले विभिन्न शुल्कका नाममा ३६ प्रतिशत ब्याज तिर्दै आएको छु ।’ यस विषयमा सहकारीमा सम्पर्क गर्न खोज्दा संस्थाका म्यानेजरलाई सम्पर्क हुन सकेन । 

याे पनि 

डिलाईट सहकारीको चरम बदमासी, १ हजारको झुटो बिल बनाएर १० हजार ठगी

प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार  ९ : ४६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।