Logo

खेलकुद

नेपालबाट राजीनामा दिएका पुबुदु दशनायके क्यानडा क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट आज (बुधबार) राजीनामा घोषणा गरेका पुबुदु दशनायके क्यानडाका क्रिकेट टिमको जिम्मेवारी सहाल्न पुगेका छन् । क्रिकेट क्याडाले दिएको जानकारी अनुसार उनी बुधबार नै त्यहाँको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

पुबुदुले व्यक्तिगत कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । ‘मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नु पर्छ त्यसैले म यो राजीनामा दिँदा दुखित छु’, राजीनामा घोषणा गर्दै पुबुदुले भनेका थिए, ‘मलाई क्यानले कुनै कारणले ल्याएको थियो । नेपाली क्रिकेट पहिलेको भन्दा धेरै बदलिएको छ । जुन परिवर्तन आवश्यक थियो मैले गरेँ । अब युवा टोलीले आगामी दिनमा राम्रो गर्नेछ ।’

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएर क्यानडाको राष्ट्रिय टिम सम्हाल्न पुगेका हुन् । क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

याे पनि पढ्नुहाेस्

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १७:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।